चिनियाँ राजदूत लिएर बुद्धजन्मस्थल पुगे उपप्रधानमन्त्री श्रेष्ठ – Nepal Press

चिनियाँ राजदूत लिएर बुद्धजन्मस्थल पुगे उपप्रधानमन्त्री श्रेष्ठ

रुपन्देही । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपालका लागि चिनियाँ राजदूत चेन सोङगसहित मंगलबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।

कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेकुमार त्रिपाठी), सदस्यसचिव सानुराजा शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले गृहमन्त्री श्रेष्ठ र राजदूत सोङगलाई स्वागत गरे । गृहमन्त्री श्रेष्ठले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पवित्र बगैचा, शान्तिदीपको अवलोकन गरेका थिए ।

त्यस्तै चिनियाँ विहारको समेत गृहमन्त्री र राजदूतले निरीक्षण गरेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए ।

भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठले बुद्धजन्मस्थल लुम्बिनीको पछिल्लो अवस्था, पर्यटकहरूको अवस्था र विकास निर्माणका सवालमा चासो राखेका थिए ।

चिनियाँ निर्माण कम्पनीले ठेक्का लिएका निर्माण आयोजनामा ढिलाई भएको गुनासोपछि भौतिक विकास मन्त्री प्रकाश ज्वालासहित मन्त्रालयका सचिवलाई लिएर मन्त्री श्रेष्ठ अनुगमनमा निस्केका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर