नेपालका बैंकहरु सुरक्षित छन्, स्वस्थ पनि छन् : गभर्नर अधिकारी – Nepal Press

नेपालका बैंकहरु सुरक्षित छन्, स्वस्थ पनि छन् : गभर्नर अधिकारी

काठमाडौं । सहकारी र लघुवित्तहरुमा समस्या आएपछि त्यसको प्रभाव बैंकहरुमा पनि परेको आशंका गरिरहेको बेला नेपाल राष्ट्र बैंकले बैंकहरु सुरक्षित रहेको बताएको छ ।

नेपाल राष्ट्र बैंककले आज गरेको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले भने, ‘नेपालका बैंकहरु सुरक्षित छन् । बैकहरु स्वस्थ पनि छन् । बैंकिङ क्षेत्रमा सानोतिनो धक्काले केही जोखिम हुँदैन । तथ्यांक बलियो छ ।’

नेपाल राष्ट्र बैंकले आज पत्रकार सम्मेलन गरेर चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *