सभामुख निवासमा शीर्ष नेताहरुबीच छलफल – Nepal Press

सभामुख निवासमा शीर्ष नेताहरुबीच छलफल

काठमाडौं । सभामुख निवास बालुवाटारमा प्रधानमन्त्रीसहित शीर्ष तीन दलका नेताहरुबीच छलफल सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपानेपनि बैठकमा सहभागी रहेका छन् ।

महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल समेत सहभागी रहेको बैठकमा संसदीय कारबाही, टीआरसी विधेयक लगायतका विषयमा छलफल भइरहेको छ ।

सभामुख देवराज घिमिरेको सक्रियतामा दलहरुबीच छलफल सुरु भएको हो ।

संसदीय सुनुवाइ समिति गठन, संघीय संसद्को संयुक्त कार्यसंचालन नियमावली निर्माण र विधेयकलगायतका विषयमा सभामुखले दलहरूबीच छलफल हुनुपर्ने भन्दै यसअघि पनि नेताहरुलाई छलफलमा डाँकेका थिए ।

हिजोको कार्व्यवस्था परामर्श समिति बैठकमा आज साँझसम्म संसदीय समितिका सदस्यका नाम दिने दलहरूबीच सहमति भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर