युवा संघको महाधिवेशनस्थलबाट गुन्डा नाइके चक्रेमिलनका बडिगार्ड बन्दुकसहित पक्राउ – Nepal Press

युवा संघको महाधिवेशनस्थलबाट गुन्डा नाइके चक्रेमिलनका बडिगार्ड बन्दुकसहित पक्राउ

दाङ । राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशस्थलबाट एकजना हतियाधारी युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

महाधिवेशनस्थलमा गुन्डा नाइके चक्रेमिलनको बडिगार्डको रूपमा हतियारसहित प्रवेश गरेपछि बाँकेको चिसापानीका गणेशबहादुर बोगटीलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठोरले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार बोगटीको साथबाट प्वाइन्ट टु टु हतियार समेत बरामद गरिएको छ ।

´चक्रे मिलन भन्ने एउटा गुन्डा छ नि हो उसकको बर्डिगाडको रूपमा हिँडेको गणेशबहादुर बोगटीलाई हतियार सहित आज बेलुकी पक्राउ गरेका छौं’` एसपी राठोरले भने,´हतियार इजाजत प्राप्त हो । तर,पनि खुलेआम बोकेर हिडेर पाइन्न । त्यसैले पक्राउ गरेर हिरासतमा राखेका छौं ।’

यसअघि आजै बोगटीले हतियारसहित चक्रेमिलनलाई सुरक्षा दिएको भिडिओ टिकटकमा सार्वजनिक भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर