सहिद स्मारक ए डिभिजन लिगमा ६ खेलपछि पुलिसको पहिलो जीत – Nepal Press

सहिद स्मारक ए डिभिजन लिगमा ६ खेलपछि पुलिसको पहिलो जीत

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पूर्वविजेता नेपाल पुलिस क्लबले पहिलो जीत हात पारेको छ ।

एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३-१ गोलले हराएको हो। पुलिसले जारी प्रतियोगितामा ६ खेलपछि पहिलो जीत हात पारेको हो ।

पुलिसको जीतमा बुद्धबल तामाङले दुई र विदेशी खेलाडी मोजेज जाबाह युमले एक गोल गरे । पुलिसले पहिलोपटक विदेशी खेलाडी आबद्ध गरेर खेलाइरहेको छ ।

जीतपछि पनि पुलिस तालिकाको १४औं स्थान अर्थात पुछारमा रहेको छ । उसको ७ खेलबाट ४ अंक छ । फ्रेन्ड्सको पनि ७ खेलबाट ४ अंक छ ।

सोमबार भएको अर्को खेलमा चर्च ब्वाइज युनाइटेडले एपीएफ क्लबसँग गोलरहित बराबरी खेल्यो । यो नतिजापछि एपीएफको ७ खेलबाट ११ र चर्च ब्वाइजको ७ खेलबाट १३ अंक भएको छ ।

शीर्षस्थानमा रहेको मनाङ मर्स्याङ्दीको ६ खेलबाट १४ अंक छ । ७–७ खेल खेलेका मच्छिन्द्रले १४ र सातदोबाटोले १३ अंक जोडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर