सिंहदरबारबाट आज पनि उठाइएन फोहोर (भिडिओ) – Nepal Press

सिंहदरबारबाट आज पनि उठाइएन फोहोर (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारदेखि उठ्न छोडेको सिंहदरबारको फाहोर आज पनि त्यत्तिकै थुप्रिएको छ ।

संघ सरकारले असहयोग गरेको भन्दै मेयर साहले सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाउन निर्देशन दिएका थिए । आइतबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्पिङ गर्नुपर्ने टिप्पणीसहित सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए ।

उनले आज केही मन्त्रालयले आफूले राखेका विषयहरू सम्बोधन नगरेको भन्दै फोहोर नउठाउनका कारणबारे बुँदागतरूपमा प्रष्टीकरणसमेत दिएका छन् । राजनीतिक दलका नेताहरूले जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साहको आलोचना गरिरहेका छन् ।

सिंहदरबारको फोहोर अहिले फोहोर पुतली बगैँचामा थुपारिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *