गोविन्दराजलाई केन्द्रीय सदस्य बनाउने देउवाको प्रस्ताव जोशी समूहद्वारा अस्वीकार – Nepal Press

गोविन्दराजलाई केन्द्रीय सदस्य बनाउने देउवाको प्रस्ताव जोशी समूहद्वारा अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई केन्द्रीय सदस्यको प्रस्ताव गरेका छन् । यद्यपि जोशी समूहले देउवाको उक्त प्रस्ताव अस्वीकार गरेको छ ।

देउवाले सोमबार जोशीका छोरा दीपकराजलाई भेटेका हुन् । भेटघाट विनानिष्कर्ष टुंगिएको छ ।

बुबालाई केन्द्रीय सदस्य बनाउने देउवाको प्रस्तावमा छोरा दीपकराजले अस्वीकार गरेका हुन् ।

नेपाली कांग्रेसले आउँदो उपचुनावलाई मध्यनजर गर्दै पूर्वमन्त्री गोविन्दराज जोशीमाथि गरेको कारबाही फिर्ताको निर्णय गरेको थियो । तर, कांग्रेसले आफूलाई कारबाही गरेर साधारण सदस्यबाट समेत निष्कासन गरिसकेकाले यस पार्टीसँग आफ्नो कुनै साइनो नरहेको जोशीले बताइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर