नयाँ वर्षमा विद्युतीय स्कुटरको खरिदमा २५ हजारदेखि दुई वटा हेलमेटसम्म उपहार – Nepal Press

नयाँ वर्षमा विद्युतीय स्कुटरको खरिदमा २५ हजारदेखि दुई वटा हेलमेटसम्म उपहार

काठमाडौं । नयाँ वर्ष २०८० मा जम्बो इको भेहिकलले २५ हजार नगद देखि दुई वटा हेल्मेट उपहार योजना ल्याएको छ ।

नेपाली अटो मोबाइल जम्बो इको स्कुटरको खरिदमा दुई ओटा हेलमेट उपहार योजना रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै लेबिनिङ्ग र एम डिकेए ब्राण्डका इलेक्ट्रिक स्कुटरमा नगद २५ हजार रुपैयाँ सम्मको छुटको अफर सार्वजनिक गरेको समेत बताएको छ ।

कम्पनीले लेबिनीङ्ग, एम्डिकेए, ब्राभो, अरोमा, टेल्जी र स्लोङ्ग ब्राण्डका इलेक्ट्रिक स्कुटर तथा इ–साइकल बिक्री वितरण गर्दै आएको छ ।

सेल्स, सर्भिस तथा स्पेयर्स सबैको एकै स्थानमा उचित व्यवस्था भएकाले ग्राहकले बिक्री पश्चात् सर्भिसमा समेत पर्याप्त सुविधा पाउने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार हाल बजारमा यसको मूल्य ७० हजार रुपैयाँ देखि सुरु गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर