होटल समिटको परियोजनामा सीजी सामान्य साझेदारमात्रै रहेको दाबी – Nepal Press

होटल समिटको परियोजनामा सीजी सामान्य साझेदारमात्रै रहेको दाबी

काठमाडौं । होटल समिट प्रालिले विकास गरिरहेको परियोजनासँग आफ्नो नाम जोडिएको भन्दै सीजी डेभलपर्सले ध्यानाकर्षण भएको जनाएको छ । समिट होटल रहेको स्थानमा निर्माण कार्य भइरहँदा छेउका घरहरु भासिएपछि सो हाउजिङमा चौधरी ग्रुपको संलग्नता रहेको खुलेपछि आलोचना भइरहेको छ ।

सिजी डेभलपर्सले भने होलट समिट परियोजनामा आफूहरू सामान्य साझेदारमात्रै रहेको दाबी गरेको छ ।

‘होटल समिट प्रालिले विकास गरिरहेको परियोजनासँग सम्बन्धित घटनाक्रममा सीजीको को नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार एवं सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरूप्रति कम्पनीको ध्यानाकर्षण भएको छ,’ सीजी डेभलपर्सले भनेको छ, ‘होटल समिटले विकास गरिरहेको परियोजनामा सीजी एक तिहाईभन्दा कम सेयरका साथ सामान्य साझेदारको भूमिकामा मात्र रहेको र परियोजनाको व्यवस्थापनमा संलग्न नरहेको स्पष्ट पार्न चाहान्छौँ ।’

सीजी डेभलपर्सले काठमाडौं रेसिडेन्सी, एमभीआर, हरिसिद्धी र सीजी हिल्स हात्तीगौंडा निर्माण सम्पन्न गरी सम्बन्धित उपभोक्तालाई हस्तान्तरण गरिसकेको जनाएको छ ।

‘तर, होटल समिट प्रालिको परियोजनामा सीजी प्रत्यक्षरूपमा व्यवस्थापनमा संलग्न नरहेको अवस्थामा यस परियोजनामा हामीलाई जिम्मेवार ठहर्‍याउने गरी गरिएको टिकाटिप्पणीप्रति हामीलाई दुःख लागेको छ,’ डेभलपर्सले भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर