त्रि-चन्द्रमा स्ववियु निर्वाचन अझै अनिश्चित, तालाबन्दीका कारण प्रक्रिया अगाडि बढेन – Nepal Press

त्रि-चन्द्रमा स्ववियु निर्वाचन अझै अनिश्चित, तालाबन्दीका कारण प्रक्रिया अगाडि बढेन

काठमाडौं ।  त्रि-चन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अझै अनिश्चित देखिएको छ ।

आज बिहान ९ देखि ११ बजेसम्म मनोनयन पत्र वितरणको समय तय भएकोमा क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेपछि प्रक्रिया सुरु हुन नसकेको बताइएको छ ।

आइतबार नेविसंघका नेता कार्यकर्ताहरूले विद्यार्थी भर्नाको रजिष्टर र अनेरास्ववियुले लेखा शाखाको रजिस्टर लिएर गएकाले तनाव सिर्जना भएको एक विद्यार्थीले बताए ।

यसअघि चैत ९ गते निर्वाचन हुने भनिएकोमा ४ गते नै निर्वाचन समितिको कार्यालयमा ताला लागेपछि स्थगित भएको थियो ।

२२ गते ताला खोलिएपछि प्रक्रिया अगाडि बढेकोमा थियो । जसअनुसार आज ११ देखि ५ बजेसम्म मनोनयन पत्र दाखिलाको समय तय भएको थियो ।

चैत ३० गतेलाई मतदानको मिति तोकिएको थियो ।

अहिले त्रिचन्द्र परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर