दुई महिनापछि आज मधेश प्रदेशसभाको बैठक बस्दै – Nepal Press

दुई महिनापछि आज मधेश प्रदेशसभाको बैठक बस्दै

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक झण्डै दुई महिनापछि आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयले आज दिउँसो १ बजेका लागि बैठक डाकेको हो ।

फागुन ४ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेश खेलकुद विकास सम्बन्धी विधेयक र बक्यौता रकम भुक्तानी सम्बन्धी छानबिन समितिको म्याद थप गर्ने आजको बैठकको कार्यसूची रहेको आजको बैठकमा दुईवटा कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

गत आर्थिक वर्षको १८ योजनाको करिब एक अर्ब रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गर्न बाँकी छ । उक्त भुक्तानी अहिले प्रदेश सरकारको टाउको दुखाइ बनेको छ ।

मुख्यमन्त्रीको शपथ ग्रहण गरे लगत्तै सरोज कुमार यादवले बाँकी बक्यौता रकम छानबिन गरी तत्कालै भुक्तानी दिने प्रतिबद्धता प्रदेशसभा बैठकमै गरेका थिए ।

प्रदेशसभाले भुक्तानीका लागि उपसभामुख बबिता राउत इसरको संयोजकत्वमा विशेष समिति समेत गठन गरियो । तर एक साता नबिन्दै उपभासमुख इसरले समितिको संयोजकबाट राजीनामा दिइन् ।

त्यसपछि समितिको सदस्य रहेकी लोसपाकी सांसद रानीकुमारी शर्मालाई संयोजक तोकियो । तर समितिले काम गर्न नसकेपछि म्याद थप्ने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर