नौ दिनसम्म चल्ने भक्तपुरको बिस्केट जात्रा आजबाट सुरु – Nepal Press

नौ दिनसम्म चल्ने भक्तपुरको बिस्केट जात्रा आजबाट सुरु

भक्तपुर । भक्तपुरको  बिस्केट (बिस्काः) जात्रा आज साँझबाट सुरु हुँदै छ । आठ रात नौ दिनसम्म मनाइने यो जात्रा आजबाट सुरु हुन लागेको हो । जिब्रो छेड्ने जात्राको रूपमा पनि यो जात्रा चर्चित छ ।

सोमबार साँझ टौमढीस्थित पाँच तले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिने प्रचलन रेको छ । जसअनुसार जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिने गरिन्छ ।

सो रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँच तले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पु‍र्‍याए पछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन रहँदै आएको छ ।

लिच्छविकालदेखि सुरु भएको जात्रा नयाँ वर्षको अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि सुरु हुन्छ भने वैशाख ५ गते पनि भैरवनाथको नै रथ तानेर समापन गरिने प्रचलन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *