आर्मी लगातार बराबरीमा, हार टारेको सातदोबाटो शीर्षस्थानमा उक्लन संघर्षरत – Nepal Press

आर्मी लगातार बराबरीमा, हार टारेको सातदोबाटो शीर्षस्थानमा उक्लन संघर्षरत

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार साँझ भएको खेलमा त्रिभुवन आर्मी क्लबले सातदोबाटो युथ क्लबसँग ३-३ गोलको बराबरी खेलेको छ ।

खेलमा अग्रता लिएर पनि आर्मीले त्यसलाई जोगाउन सकेन। आर्मीले तीनपटक अग्रता लिएपनि सातदोबाटो बराबरीमा फर्कन सफल भएको थियो ।

७ खेलपछि आर्मी ९ अंकसहित तालिकाको आठौँ स्थानमा छ। अघिल्लो खेलमा पनि आर्मीले थ्रीस्टारसँग गोलरहित बराबरी खेलेको थियो । आर्मीसँग बराबरी खेलेको सातदोबाटो ७ खेलबाट १३ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।

शीर्षस्थानमा रहेको मनाङ मर्स्याङ्दीको ६ खेलबाट १४ अंक छ। यस्तै ७ खेलबाट १४ अंक भएको जावलाखेल तालिकाको दोस्रो स्थानमा छ । आइतबार भएका अन्य खेलमा मच्छिन्द्र क्लबले संकटा क्लबलाई २-१ र एनआरटीले हिमालयन शेर्पालाई २–१ गोलले हराए ।

७ खेलपछि संकटा र मच्छिन्द्र दुवैको ९/९ अंक छ। ७ खेलपछी एनआरटी र हिमालयन शेर्पा दुवैको ६/६ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर