वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको बीमा रकम ठगीमा बोर्डका नासुसहित दुईजना पक्राउ – Nepal Press

वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको बीमा रकम ठगीमा बोर्डका नासुसहित दुईजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाको बीमा रकम ठगीमा प्रहरीले वैदेशिक रोजगार बोर्डका नासु र एक बीमा कम्पनीका कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँची छत्रदेव गाउँपालिका- ४ घर भई काठमाडौं महानगरपालिका- २६ रानीबारी बस्ने वैदेशिक रोजगार बोर्डका नासु ३६ वर्षीय पशुपति अधिकारी र सूर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत जुनियर अधिकृत भक्तपुरको चाँगुनारायण नगरपालिका-४ बुढाथोकी गाउँ बस्ने ३० वर्षीय उमेश बुढाथोकी रहेका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बीमाबापत पाउने रकम ठगी गर्ने गिरोहमा संलग्न ६ जनालाई यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार बीमाबापत प्राप्त हुने १३ लाखमध्ये ५ लाख रुपैयाँ मृतकका आफन्तले प्राप्त गर्ने र बाँकी रकम गिरोहले लिने गरेको थियो । बीमाबापतको रकम लिन झन्झटिलो प्रक्रिया रहेको भन्दै गिरोहले सहजीकरण गर्ने नाममा प्राप्त भएको रकमको ठूलो हिस्सा आफूले लिएको दाबी प्रहरीको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर