‘एनसेल पर्पल स्याटर्डे १६ औं दरबारमार्ग सडक महोत्सव’ वैशाखमा हुँदै – Nepal Press

‘एनसेल पर्पल स्याटर्डे १६ औं दरबारमार्ग सडक महोत्सव’ वैशाखमा हुँदै

काठमाडौं । नयाँ वर्षमा ‘एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६ औं दरबारमार्ग सडक महोत्सव’ आयोजना हुने भएको छ ।

एनसेलले नायाँ वर्ष ०८० वैशाख २ गतेदेखि दरबारमार्गमा नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) ले लघु, घरेलु, साना तथा मझौला उद्यमं र पर्यटन उद्योगकोे तथा महासंघसंगको सहकार्यमा महोत्सवको आयोजना गरेको जनाइएको छ ।

विहान ११ः३० बजे देखि शुरु हुने महोत्सवमा गायकगायिका, कलाकार दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेलो बत्ति मुनी, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस्ले आ-आफना प्रस्तुति राख्ने समेत जनाइएको छ ।

त्यस्तै, महोत्सव दरवारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकबाट उत्तरतर्फ नारायणहिटी संग्राहालयको गेट अगाडिसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।

आयोजका अनुसार महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा रहनेछन् ।

विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन/प्रस्तुतिका स्टलहरु, बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विशेष आकर्षणहरु हुनेछन् । साथै, भिडिओ गेमका पारखीका लागि अनलाइन गेमिङ् प्रतियोगिता रहेने छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर