कप्तान एन्जिलाले भावुक हुँदै भनिन्- सुरुमै २ गोल नखाएको भए बराबरी हुने रहेछ – Nepal Press

कप्तान एन्जिलाले भावुक हुँदै भनिन्- सुरुमै २ गोल नखाएको भए बराबरी हुने रहेछ

काठमाडौं। ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको पहिलो चरणको छनोटमा शनिबार साँझ भियतनामसँग पराजित भएपछि नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापोले आफु निकै निराश भएको बताएकी छिन्।

‘हामीले सुरुमै २ गोल ब्यहोर्यौँए। डिफेन्ससँग तालमेल नहुँदा हामी सुरुमै दबाबमा पर्यौँ। नत्र यो खेल बराबरी हुने रहेछ। दोस्रो हाफमा हामीले राम्रो खेल्यौँ’, २-० गोलले खेल हारेपछि तुम्बापोले भनिन्।

पहिलो लेग ५-१ गोलले पराजित भएको नेपाल समग्रमा ७-१ को नतिजामा पहिलो चरणबाटै बाहिरिएको हो।

दोस्रो हाफमा सब्स्टिच्युट भएकी कप्तान तुम्बापो पोस्ट म्याचका क्रममा बोल्दाबोल्दै भक्कानिएकी थिइन्।

नेपाली टोलीका प्रशिक्षक अनन्त थापाले सुरुमै दुई गोल ब्यहोरेपछि खेलमा टोलीलाई फर्कन गाह्रो भएको बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर