जनमत जनक प्रधान सेवा सम्मानबाट सिन्धुपाल्चोकका सुरेश कसजू सम्मानित – Nepal Press

जनमत जनक प्रधान सेवा सम्मानबाट सिन्धुपाल्चोकका सुरेश कसजू सम्मानित

बनेपा । सिन्धुपाल्चोकका पत्रकार तथा साहित्यकार सुरेश कसजू सम्मानित भएका छन्। जनमत वाङमय प्रतिष्ठानको ३९ औँ वार्षिकोत्सवको अवसरमा ‘जनमत जनक प्रधान सेवा सम्मान’ बाट कसजू सम्मानित भएका हुन्।

जनमत वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा शनिवार बनेपामा भएको कार्यक्रममा कसजुलाई साहित्यकार प्राध्यापक अभि सुवेदीले दोसल्ला ओढाएर सम्मान गरे।

गोरखापत्र संस्थानका पूर्व बोर्ड सदस्य कसजूको सम्पादकत्वमा हाल सिन्धु सन्देश साप्ताहिक, सर्वपक्ष दैनिक, जुगल खबर अनलाइन सञ्चालन तथा प्रकाशन हुँदै आएको छ ।

कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदन, दीपा जनमत सम्मान , भगवती अर्याल, नवलपुर गणेश र खिलकुमारी दुवाल जनमत सम्मान, रामकुमार पाँडे ललितपुर, हृदयचन्द्र – जनमत वरिष्ठ साधक सम्मान सुमित्रा सुमी, नुवाकोट केवलपुरे – जनमत सम्मान, डा. रवीन्द्र समीर लगायत २८ जना स्रष्टा विभिन्न सम्मानबाट सम्मानित भए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *