देश आर्थिक संकटतर्फ धकेलिँदै छ, प्रचण्ड ‘कमिटमेन्ट’को वर्षा मात्रै गरिरहेका छन् : एमाले अध्यक्ष ओली (भिडिओ) – Nepal Press

देश आर्थिक संकटतर्फ धकेलिँदै छ, प्रचण्ड ‘कमिटमेन्ट’को वर्षा मात्रै गरिरहेका छन् : एमाले अध्यक्ष ओली (भिडिओ)

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले ‘कमिटमेन्ट’को मात्रै वर्षा गर्ने गरेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले मुलुक आर्थिक संकटमा धकेलिँदै गइरहेका बेला पनि प्रधानमन्त्री दाहालले भने ढुक्क, आराम, आनन्द र प्रसन्न चित्तमा ‘कमिटमेन्ट’को वर्षा मात्रै गर्ने गरेको बताएका हुन् ।

शनिवार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै उनले विज्ञहरूले समेत मुलुकमा रेमिट्यान्सबाट कर्मचारीलाई तलव खुवाउन पर्ने स्थिति आएको भनिरहेको बेला पनि सरकार र प्रधानमन्त्री दाहालले भने राम्रो छ भनेर बसिरहेको बताए ।

बैंकले पैसा दिन नसक्ने अवस्था आएका बेला पनि प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र राम्रो छ भनेर आश्वासन दिन पछि नपरेको भन्दै ओलीले असन्तुष्टि समेत व्यक्त गरे । उनले मुलुकलाई आर्थिक संकटबाट जोगाउने काम सहकारीले मात्रै गर्न सक्ने भन्दै त्यस क्षेत्रलाई बदनाम हुन नदिन पनि सहकारी अभियन्ताहरूलाई सचेत गराए ।

अध्यक्ष ओलीले सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै अघि बढ्न सरकारलाई सुझाव दिए । एकाध सहकारी देखाएर विरोध गर्ने भन्दा पनि सहकारीको संरक्षण र प्रोत्साहित गर्दै मुलुकलाई आर्थिक संकटबाट जोगाउन सरकारले ध्यान दिनुपर्ने उनको भनाई थियो । ओलीले यति बेलाको अर्थतन्त्रको स्थितिलाई सुधार्न सहकारीलाई प्रोत्साहित र अझ सुदृढ बनाउनुको विकल्प नरहेको बताए । ओलीले अनावश्यक खालको खर्च काटेर सहकारीलाई सबल बनाउनेतर्फ सरकार लाग्नुपर्ने पनि पटक पटक दोहोर्‍याए ।

अध्यक्ष ओलीले आर्थिक संकटको बेला सहकारीलाई विरोध गर्न नहुने तर्क समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर