ब्राइट फ्युचर किण्डरगार्डेनको वार्षिक कार्यक्रम सम्पन्न (तस्बिर/भिडिओ) – Nepal Press

ब्राइट फ्युचर किण्डरगार्डेनको वार्षिक कार्यक्रम सम्पन्न (तस्बिर/भिडिओ)

काठमाडौं । चन्द्रागिरि नगरपालिका नैकाप १४ मा अवस्थित ब्राईट फ्युचर किण्डरगार्डेनको वार्षिक कार्यक्रम सम्पन्न भएको छ ।

ब्राइट फ्युचर उच्च माध्यमिक विद्यालय अन्तर्गतको ब्राईट फ्युचर किण्डरगार्डेनले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गर्ने तथा शिक्षक, विद्यार्थी तथा अभिभावक बिचको त्रिकोणात्मक सम्बन्धको विकाश गर्ने मुख्य उद्देश्यका साथ वर्षेनी यो कार्यक्रमको आयोजना गर्दै आएको ब्राईट फ्युचर किण्डरगार्डेनकी व्यवस्थापक हिरा थापाले जानकारी गराइन् ।

उपत्यकाकै गुणस्तरीय विद्यालय मध्येको एक ब्राइट फ्युचर किण्डरगार्डेनले ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने ‘इन्टरनेशनल स्कुल अवार्ड’ समेत जितेको छ ।

‘शिक्षा सबैको आधारभूत आवश्यकता र सबैको लागि’ शिक्षा भन्ने मूल नाराका साथ स्थापना भएको विद्यालयले विद्यार्थीको वास्तविक विकाश र दक्ष जनशक्ति उत्पादनको निमित्त शिक्षण प्रणालीमा पनि ‘होलिस्टिक अप्रोच’ अवलम्बन गर्नु पर्ने महसुस गर्दै ब्राईट फ्युचर किण्डरगार्डेनको सञ्चालनमा रहेको प्रधानाध्यापक मोहित थापाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *