बारा २ मा एमाले उम्मेदवार पौडेलको घरदैलो, खेतमै पुगेर मतदाता भेट्दै – Nepal Press

बारा २ मा एमाले उम्मेदवार पौडेलको घरदैलो, खेतमै पुगेर मतदाता भेट्दै

कलैया । बारा २ को उपचुनाव मधेश आन्दोलनका दुई शीर्ष नेता उपेन्द्र यादव र सीके राउतको प्रतिष्ठाको विषय बनिरहेका बेला ओझेलमा परेका एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले मतदातासँगको भेटलाई तीव्रता दिएका छन् ।

अरू उम्मेदवार आरोप प्रत्यारोपमा उत्रिदा पौडेलसहितको एमाले टोली भने मतदातालाई भेट्न खेत खेतमा गइरहेका छन् ।

अहिले हिउँदे धान लगाउने मौसम रहेकाले बारा २ का अधिकांश किसान खेतमा हुन्छन् ।

घरदैलो गर्दै मत मागिरहेका पौडेलले एमालेले नजित्दा यो क्षेत्रमा विकास नभएको उनी आफूले विकासको अभियान चलाउने आश्वासन किसानलाई दिइरहेका छन् ।

निर्वाचन परिचालन कमिटी संयोजक तथा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली, पूर्व मन्त्री तथा क्षेत्र नम्बर ३ की सांसद ज्वालाकुमारी साहलगायतका नेता कार्यकर्ता घरदैलोमा उम्मेदवारसँगै गइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर