इन्जिनियरिङतर्फ आन्तरिक र खुला प्रतिस्पर्धाबाट ६ जना सहसचिवमा बढुवा – Nepal Press

इन्जिनियरिङतर्फ आन्तरिक र खुला प्रतिस्पर्धाबाट ६ जना सहसचिवमा बढुवा

काठमाडौं । प्राविधिकतर्फ इन्जिनियरिङ सेवाका ६ जना उपसचिव खुला प्रतिस्पर्धाबाट सहसचिवमा नियुक्तिका लागि सिफारिस भएका छन् । नेपाल इन्जिनियरिङ सेवा अन्तरगत सिभिल समूहको हाइवे उपसमूहमा २ जना, स्यानिटरी उपसमूहमा एक जना, विल्डिंग एण्ड आर्किटेक्ट उपसमूहमा एक जना, जनरल उपसमूहमा १ जना र केमेष्ट्री उपसमूहमा एक जना गरेर ६ जना नियुक्तिका लागि सिफारिस भएका हुन् । ६ जनामध्ये ४ जना शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट नियुक्तिका लागि सिफारिस भइसकेका छन् ।

आन्तरिक प्रतिस्पर्धाबाट नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहको राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवमा शुभराज न्यौपाने र यसै उपसमूहमा खुला प्रतिस्पर्धाबाट कुबेर नेपाली सहसचिवमा नियुक्तिका लागि सिफारिस भएका हुन् । दलित समुदायबाट प्राविधितर्फ सहसचिवमा पुग्ने सम्भव त नेपाली पहिलो व्यक्ति हुन् ।

खुला प्रतिस्पर्धाबाट नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमूहको सहसचिवमा कमलकुमार अधिकारी, आन्तरिक प्रतिस्पर्धाबाट नेपाल इन्जिनियरिंग सेवा, सिभिल समूह, स्यानिटरी उपसमूहको सहसचिवमा सुरतकुमार बम, नेपाल इन्जिनियरिंग सेवा, केमेष्ट्री समूहको सहसचिवमा तारादत्त भट्ट र आदिवासी जनजातिबाट बिल्डिंग एण्ड आर्किटेक्ट उपसमूहको सहसचिवमा रोशन श्रेष्ठ नियुक्तिका लागि सिफारिस भएका हुन् ।

उनीहरु ६ जना नै नेपाल इन्जिनियरिंग सेवाकै उपसचिवमा कार्यरत रहेका थिए । आन्तरिक प्रतिस्पर्धाको अन्तरवार्ता चरणमा १७ जना सहभागि भएका थिए । १७ जना मध्येबाट ६ जना सहसचिवमा नाम निकाल्न सफल भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *