नक्कली नेपाली बाबुबाट सक्कली नागरिकता लिने तिब्बतीयन महिला पक्राउ – Nepal Press

नक्कली नेपाली बाबुबाट सक्कली नागरिकता लिने तिब्बतीयन महिला पक्राउ

काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा एक तिब्बतीयन महिला पक्राउ परेकी छन् । नेपाली नागरिकता बनाउने गिरोहले नक्कली बाबु खडा गरेर २७ वर्षीया निमा ल्हामो गुरुङलाई पक्राउ गरेको हो ।

उनी काठमाडौंको बौद्धस्थित तिब्बतीयन शरर्णार्थी शिविरमा बस्दै आएकी थिइन्। उनी भारतीय बाटो भएर दुई वर्षअघि नेपाल आइपुगेकी थिइन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यसअघि नेपाली नागरिकता बनाउने गिरोहका केही सदस्यलाई पक्राउ गरिसकेको छ । त्यसमा नेपाली नागरिकता लिएका एक तिब्बतीयन नागरिक पनि थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर