बिमल राजको ‘घर त पर हो’ लोक गीतमा अनौठो प्रेमकाे वर्णन (भिडिओ) – Nepal Press

बिमल राजको ‘घर त पर हो’ लोक गीतमा अनौठो प्रेमकाे वर्णन (भिडिओ)

काठमाडौं । गायक बिमल राज क्षेत्री र गायिका टीका कुमारी क्षेत्रीको स्वरमा ‘घर त पर हो’ लोक गीत रिलिज भएको छ ।

प्रेम र विरहलाई नजिकबाट केलाइएको गीतको शब्द र संगीत बिमल आफ्नै रहेको छ । गीतमा अनौठो प्रेमकथाको वर्णन गरिएको छ । बिमल राज क्षेत्रीकै आधिकारिक युट्यूब च्यानलमार्फत सार्वजनिक गीतको एरेन्ज पवन परियारले गरेका छन् ।

भिडिओमा एउटा विवश परिस्थितिको प्रेमलाई दर्शाउन खोजिएको छ । उदिराम खड्काको निर्देशन रहेको भिडिओमा गायक क्षेत्री, अभिनेत्री कविता गेलाल, उदिराम खड्का र टिका कुमारी क्षेत्रीको अभिनय देख्न सकिन्छ ।

दीपक गिरी र अमृत चापागाईको छायांकन र कलरिगं रहेको छ ।

भिडिओ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *