सुरक्षाको १८ सेकेन्ड लामो ‘टङ किस’ बारे चलचित्र निर्देशक भन्छन्- पात्रले गरेको हो, व्यक्तिले होइन – Nepal Press

सुरक्षाको १८ सेकेन्ड लामो ‘टङ किस’ बारे चलचित्र निर्देशक भन्छन्- पात्रले गरेको हो, व्यक्तिले होइन

पोखरा । चलचित्र ‘बहाब’ शुक्रबारबाट हलहरूमा रिलिज भएको छ । रिलिज हुनुअघि काठमाडौं र पोखरामा प्रिमियर गरिएको थियो । चलचित्र सुरूवातिकै ‘टङ किस’ सिनले खल्लीबल्ली उत्पन्न भएको छ ।

चलचित्रको मुख्य भूमिका रहेकी नायिका सुरक्षा पन्तको करिब १८ सेकेन्ड लामो ‘टङ किस’ ले अहिले चलचित्र क्षेत्रमा विभिन्न प्रश्नोत्तर चलिरहेको छ । सुरक्षासहितको चलचित्रको टोली अहिले पोखरामा छ ।

पोखरामा शुक्रबार आयोजित चलचित्र साक्षात्कार कार्यक्रम बोल्दै चलचित्रका निर्देशक प्रमोद कँडेलले स्क्रप्टले मागेअनुसारको सिन रहेको प्रतिक्रिया दिए ।

‘दुईजनाको बीचमा आत्मीय सिन थियो । त्यो स्किप्टले मागेको अनुसार नै गर्नुभएको थियो,’ उनले भने ।

निर्देशक कँडेलले उक्त सिन व्यक्ति गरेको नभई चलचित्रको पात्रले गरेको जवाफ दिए ।

उनी भन्छन्, ‘एक जोडी मायामा लिप्त छन्, त्यो पात्रले गरेको हो, व्यक्तिले गरेको होइन है त्यसरी चाहिँ हामीले लिनु हुँदैन । सिनेमामा काम गरिसकेपछि त्यो पात्र हुन्छ ।’

यस्ता सिनहरुलाई व्यक्तिगत रुपमा लियो भने सिनेमाको विकास हुन नसक्ने निर्देशक कँडेलले जिकिर गरे ।

‘बाहिरतिर पनि हेर्नुन् राष्टपतिलाई मार्न हिडिराखेका हुन्छन् नि त उ त देशद्रोही त होइन नि । त्यसले नै पुरस्कार जितिराखेको हुन्छ त्यही देशको,’ उनले भने, ‘उसको पात्रको रूपमा उसले गरेको भनेर व्यक्तिगत रुपमा लिइदियो भने हामीलाई समस्या हुन्छ । हामीले सिनेमामा विकास गर्न सक्दैनौं । यदि सिनेमामा विकास गर्दैगर्दाखेरि त्यसलाई पात्रले नै गरेको हो भनेर लिएर जानुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *