ओछ्यानमा पैसा फिँजाएर टिकटक बनाउने युवक पक्राउ, सचेत गराएर छाडियो – Nepal Press

ओछ्यानमा पैसा फिँजाएर टिकटक बनाउने युवक पक्राउ, सचेत गराएर छाडियो

काठमाडौं । ५ सय र हजारका नोटलाई ओछ्यानमा फिँजाएर टिकटक बनाएका एक युवकलाई प्रहरीले पक्राउ गरी सचेत गराएर छाडेको छ ।

ललितपुर प्रहरी परिसरले ललितपुरको महालक्ष्मी-५ टिकाथलीका सुलभ आचार्यलाई सचेत गराएर छाडिएको जनाएको छ ।

अनुसन्धानका क्रममा आचार्यले उक्त रकम अध्ययनका लागि विदेश जानेक्रममा कलेज फि बुझाउन बैंकबाट निकालेको पाइएको छ ।

आचार्यले रमाइलोका लागि त्यसरी टिकटक बनाएको बताएपछि आगामी दिनमा त्यस्ता गतिविधि नगर्ने शर्तमा सचेत गराएर छाडिएको ललितपुर प्रहरी परिसर प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *