एमाले अध्यक्ष ओलीले शुभारम्भ गरे लुम्बिनी पीस हाफ म्याराथन प्रतियोगिता – Nepal Press

एमाले अध्यक्ष ओलीले शुभारम्भ गरे लुम्बिनी पीस हाफ म्याराथन प्रतियोगिता

रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ म्याराथन प्रतियोगिता शुभारम्भ गरेका छन् ।

शान्ति र समृद्धिका लागि खेलकूद भन्ने मूल नारासहित अन्तराष्ट्रिय खेलकूद दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा देशभरका २ हजार ५ सय ५० महिलापुरुष खेलाडी मैदानमा उत्रिएका छन् । ओलीले लुम्बिनी शान्ति दीपमा बालेको दीप ओलम्पिक कोच चन्द्रबहादुर घले, बिमला राना र मोहन घलेलाई दिएर प्रतियोगिता सुरुवात गरेका थिए ।

उनी एकेडेमीका संरक्षक पनि हुन । मायादेवी मन्दिर अगाडिबाट सुरु म्याराथनमा खेलाडीले लुम्बिनी वरपर २ फन्को मारेर २१ किलोमिटरको दूरी पूरा गर्नेछन् ।

प्रतियोगितामा महिलापुरुष दुबैलाई छुट्टाछुट्टै पुरस्कृत गरिने छ । प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र तेस्रोलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ । महिला प्रथम हुनेले १ लाख ५१ हजार नगद पाउने छन् ।

दुबै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसँगै प्रमाणपत्र तथा मेडल प्रदान गरिने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहितका नेताहरु लुम्बिनी पुगेका छन् ।

आजै नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषदको आयोजनामा लुम्बिनीमा अन्तर्राष्ट्रिय म्याराथनको आयोजना गरिएको छ । सो प्रतियोगितामा सहभागी कपिलवस्तुबाट लुम्बिनी आउनेछन् । यसमा विभिन्न देशका धावकहरु सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर