इन्स्पेक्टरबाट प्रहरी कार्यालयमै कुटिए जसपाका अध्यक्ष, सप्तरीका कार्यकर्ता आन्दोलित – Nepal Press

इन्स्पेक्टरबाट प्रहरी कार्यालयमै कुटिए जसपाका अध्यक्ष, सप्तरीका कार्यकर्ता आन्दोलित

जनकपुरधाम । सप्तरीको राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा प्रहरीबाटै जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष केदारप्रसाद यादव कुटिएका छन् ।

महदेवा गाउँपालिकाको एउटा विवादको मुद्दालाई लिएर जिल्ला प्रहरी कार्यालयमा छलफल राखिएको थियो । उक्त छलफलमा जसपा जिल्ला अध्यक्ष यादव पनि थिए । त्यहाँ विवाद भएपछि प्रहरी निरीक्षक नविन थापाले उनलाई कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए ।

टाउकोमा चोट लागेका यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ । अहिले जसपाका नेता कार्यकर्ताहरूले कुटपिट गर्ने इन्सपेक्टरलाई कारबाहीको माग गर्दै टायर बालेर प्रदर्शन थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर