आङ्देम्बेको रोहबरमा नेविसंघमा मिलापत्र- १० दिनभित्र तदर्थ समितिलाई पूर्णता, आठ महिनाभित्र महाधिवेशन – Nepal Press

आङ्देम्बेको रोहबरमा नेविसंघमा मिलापत्र- १० दिनभित्र तदर्थ समितिलाई पूर्णता, आठ महिनाभित्र महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसनिकट नेविसंघमा देखिएको विवाद सहमहामन्त्री भीष्मराज आङ्दम्वेको रोहवरमा मिलापत्र भएको छ । नेविसंघको अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको कार्यसमितिलाई १० दिनभित्र पूर्णता दिने सहमति भएको छ । ४ बुँदे सहमति गर्दै मिलापत्र गरिएको हो ।

यस्तै नेविसंघको आगामी १२ औं महाधिवेशन ८ महिनाभित्र सम्पन्न गर्ने, जिल्लामा देखिएका समस्या पार्टी नेतृत्वबीच छलफल गरी यथाशीघ्र समाधान गर्ने र रिले अनसनलाई आजै स्थगित गर्ने सहमति भएको छ ।

सहमति पत्रमा कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसी, नेविसंघ अध्यक्ष दुजाङ शेर्मा र नेविसंघ वृहत संघर्ष समितिको तर्फबाट उज्जल बज्राचार्यले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर