उपचुनावमा माओवादीको हैसियत मतदातामात्र, कांग्रेस र जसपालाइ सघाउने – Nepal Press

उपचुनावमा माओवादीको हैसियत मतदातामात्र, कांग्रेस र जसपालाइ सघाउने

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आगामी वैशाख १० गते हुने उपनिर्वाचन तीनवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार नउठाउने भएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुको आइतबार बालुवाटारमा बसेको बैठकमा तनहुँ १ मा दाबी गरे पनि सत्तारुढ अर्को कांग्रेस नमानेपछि माओवादी मतदाता मात्रै बन्ने भएको छ ।

माओवादी नेता सूर्य सुवेदीले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘तनहुँ १ मा आफूहरुले जोड दिए पनि कांग्रेस नमानेका कारण गठबन्धनको उम्मेदवारलाई सघाउने सहमति भएको छ ।’

तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेललाई निर्वाचित गर्न माओवादी केन्द्रको निर्णायक मत भएकोले त्यसको गुण कांग्रेसले तिरोस् भन्ने प्रस्ताव कांग्रेसले नमानेको सुवेदीले बताए ।

वैशाख १० मा तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ ।


प्रतिक्रिया

One thought on “उपचुनावमा माओवादीको हैसियत मतदातामात्र, कांग्रेस र जसपालाइ सघाउने

  1. यी यसैगरी सकिदै जानुपर्छ । सक्कली माओवादीले त वागी दिनुपर्ने हो काँग्रेसको पुच्छर माओवादी विरूद्व ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर