एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद आगामी वैशाख ९ मा हुने, प्रधानमन्त्रीले उद्घाटन गर्ने – Nepal Press

एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद आगामी वैशाख ९ मा हुने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विजेताले प्राप्त गर्ने ‘सुनको बल’ सार्वजनिक

काठमाडौं । बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद वैशाख ९ गते काठमाडौंमा गर्ने भएको छ ।

उक्त कार्यक्रमको नाम ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ रहेको छ ।

बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी गराएको थियो ।

कार्यक्रममा दिइएको जानकारीअनुसार ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।

बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यका अनुसार कार्यक्रममा एक हजार पाँच सय बढी पाहुना सहभागी हुनेछन् ।

बाह्रखरीका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले खेल र आर्थिक क्षेत्रलाई जोड्नका लागि बाह्रखरीले यस्ता कार्यक्रम आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराए ।

‘आर्थिक परिसंवाद’ कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, पदाधिकारीसहित अर्थविद्, बैंकर, उच्च तहका कर्मचारी, व्यवसायीलगायत करिब चार सय पाहुना सहभागी हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर