जसपाले ‘कोशी’ प्रदेश नमान्ने – Nepal Press

जसपाले ‘कोशी’ प्रदेश नमान्ने

काठमाडौं । जनता समाजवादी पार्टीले प्रदेशको नाम ‘कोशी’ नमान्ने बताएको छ । अध्यक्ष उपेन्द्र यादवले चैत १ मा जारी सर्कुलरमा ‘कोशी’ शब्द पर्न गएको भन्दै आइतबार अर्को सर्कुलरमार्फत तत्कालका लागि उक्त प्रदेशको नाम ‘प्रदेश १’ नै हुने बताएका छन् ।

आइतबार अध्यक्ष उपेन्द्र यादवले आन्तरिक सर्कुलरमार्फत तत्कालका लागि उक्त प्रदेशको नाम ‘प्रदेश १’ हुने र पछि नाम परिवर्तन भएमा उक्त परिवर्तित नामलाई प्रयोग गरिने जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

२०७९ फागुन १४ गते पार्टीले प्रेस विज्ञप्ति जारी गरी जनताले प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने मागलाई यथोचित रूपमा सम्बोधन गर्न गराउन सरकारसँग जोडदार माग गरिएको आधिकारिक धारणा सबैलाई जानकारी गराइएको सर्कुलरमा उल्लेख गरिएको बस्नेतको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर