बारा २ : शिवचन्द्रलाई साथमा लिएर सीके राउत मतदाताको खेतखेतमा (भिडिओ) – Nepal Press

बारा २ : शिवचन्द्रलाई साथमा लिएर सीके राउत मतदाताको खेतखेतमा (भिडिओ)

बारा । उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीबाट उम्मेदवारी घोषणा गरेका शिवचन्द्र कुशवाहले घरदैलो अभियान थालेका छन् ।

कुशवाहले पार्टी अध्यक्ष डा. सीके राउतलाई राखेर घरदैलो सुरु गरेका हुन् । उनले खेतमै पुगेर चैती धान रोपिरहेका किसानसँग भोट मागेका छन् ।

मनोनयन दर्ताअगाडि नै जनमतले चुनावी अभियान तीव्र पारेको छ । हिजोमात्रै जनमत पार्टीले बरियारपुरमा चुनावी लक्षित क्षेत्रीय सभा आयोजना गरेको थियो ।

सत्ता गठबन्धनबाट उम्मेदवार बन्ने दाउमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादव अहिलेसम्म उक्त क्षेत्रमा गएका छैनन् । मनोनयन दर्तापछि मात्र यादवले चुनावी अभियान थालेको जसपाका एक नेताले जानकारी दिए ।

यस क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनाएपछि उपनिर्वाचन हुन लागेको छ । निर्वाचन आयोगले चैत २० गते मनोनयन दर्ताको समय निर्धारण गरेको छ ।

लोसपाले राजेन्द्र महतो र राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको छ । पार्टीले घोषणा गरे पनि महतो उम्मेदवार बन्न नचाहेको स्रोतको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर