लिभरपुलमाथि म्यान्चेस्टरको फराकिलो जीत – Nepal Press

लिभरपुलमाथि म्यान्चेस्टरको फराकिलो जीत

काठमाडौं । म्यानचेस्टर सिटीले लिभरपुलविरूद्ध सानदार जित दर्ता हासिल गरेको छ ।  इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिवार भएको खेलमा सिटीले लिभरपुल विरुद्ध ४–१ को एक जीत हासिल गरेको हो ।

घरेलु मैदानमा सिटी विरुद्ध लिभरपुलका लागि खेलको १७ औँ मिनेटमा मोहम्मद सलाहको गोलले अग्रता लिएका थिए तर तर सिटीले त्यसको १० मिनेट नबित्दै खेललाई बराबरीमा ल्यायो । जुन बराबरीका लागि सिटीका जुलियन अल्भारेजले २७ औँ मिनेटमा गोल गरेका थिए ।

पहिलो हाफ बराबरीमा सकिएको भए पनि दोस्रो हाफको सुरुवातीमा ४६ औँ मिनेटमा केभिन डे ब्रुएनेले गोल गरेपछि सिटीले अग्रता बनाउन सुरु गर्यो।

त्यसपछि खेलको ५३ औँ मिनेटमा इल्के गुन्डोगानले सिटीका लागि थप गोल गरेपछि ३–१ ले अघि बढ्यो।  र, अग्रतालाई कायम राख्दै अघि बढेको सिटीले ७४ औँ मिनेटमा ज्याक ग्रेलिसले गोल गरेपछि सिटीले फराकिलो जित दर्ता गर्‍यो।

यो जितसँगै सिटीले २८ खेलबाट ६४ अंक बनाउँदै लिगको दोस्रो स्थानमा यथावत् छ। तर उसले यो जितबाट ६९ अंकसहितको शीर्ष स्थानमा रहेको आर्सनलमाथि भने दबाब थपेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर