बारा २ उपनिर्वाचन : जनमतले बढायो गतिविधि, आज क्षेत्रीय भेला गर्दै – Nepal Press

बारा २ उपनिर्वाचन : जनमतले बढायो गतिविधि, आज क्षेत्रीय भेला गर्दै

जनकपुरधाम । उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीले गतिविधि बढाएको छ । आज बरियारपुरमा जनमतले क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नेताहरू सहभागी छन् । भेलामा जनमतले ठूलो संख्यामा नेता कार्यकर्ता उतारेका छन् ।

माओवादी केन्द्र त्यागेर चुनाव लड्नकै लागि जनमत प्रवेश गरेका पूर्वमन्त्री शिवचन्द्र कुशवाहालाई राखेर पहिलो पटक उपनिर्वाचन लक्षित कार्यक्रम आयोजना गरिएको छ ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने लगभग निश्चित भएपछि उनलाई जसरी पनि हराएर आफ्नो उम्मेदवार जिताउन जनमतका अध्यक्ष डा. राउत लागिपरेका छन् ।

सप्तरी २ मा डा. राउतबाट जसपा अध्यक्ष यादव पराजित भएका थिए । जसपा अध्यक्ष यादवले बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर अब उपनिर्वाचन मार्फत आफू संसद् छिर्न चाहेका छन् ।

तर जनमतका अध्यक्ष डा राउत उनलाई संसद् छिर्नबाट रोक्न हर प्रयास गर्ने मुडमा छन् । त्यहाँ चुनावी माहौल आफ्नो पक्षमा बनाउन जनमतले बाहिर जिल्लाका सयौँ नेता कार्यकर्ताहरू पठाइसकेका छन् ।

लोसपाले राजेन्द्र महतो र राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उठाउने तयारी गरेकाले यस क्षेत्रको उपनिर्वाचन रोचक बन्ने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर