खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा – Nepal Press

खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । सरकारमा मन्त्रालयको भागबन्डामा चित्त नबुझेपछि उनले राजीनामा दिएका हुन् ।

उनले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई खानेपानीमन्त्रीबाट राजीनामा बुझाएका हुन् ।

जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालय मागिरहेको थियो । तर, अहिले पनि खानेपानी मन्त्रालय नै दिने भएपछि उनले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योगमन्त्री कांग्रेसलाई भाग दिएका छन् । कांग्रेसले रमेश रिजाललाई उद्योगमन्त्री बनाउने भएको छ ।


प्रतिक्रिया

One thought on “खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर