रास्वपाकाे अर्काे सरप्राइज: बारामा रमेश खरेल उठाउने – Nepal Press

रास्वपाकाे अर्काे सरप्राइज: बारामा रमेश खरेल उठाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार राति अबेर अर्को सरप्राइज दिएकाे छ । पूर्वडीआईजी रमेश खरेल बारा २ मा उम्मेदवार बन्ने भएका छन् ।

पार्टीले प्रकाशित गरेकाे प्रारम्भिक उम्मेदवारकाे सूचीअनुसार बारा २ मा दुईजना आकांक्षी छन् । त्यसमध्येका एक खरेल हुन् । सुशासन पार्टीका अध्यक्ष रहेका खरेल रास्वपाबाट उम्मेदवार बन्ने भएका छन् ।
उम्मेदवारीका लागि दावी पेश गरेका अर्का व्यक्ति युवराज न्याैपानेलाई व्याक गराएर खरेललाई उठाउने तयारी गरिएकाे बुझिएकाे छ । रास्वपामा उम्मेदवारीका लागि दावि पेश गर्नेहरूबीच आन्तरिक रूपमा प्राइमरी इलेक्सन गरेर उम्मेदवार छनाेट गर्ने प्रावधान छ । प्राइमरी इलेक्सनमा सम्वन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यले भाेट हाल्न सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर