एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा सापकोटा निर्वाचित, अरु को-को चुनिए ? (सूचीसहित) – Nepal Press

एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा सापकोटा निर्वाचित, अरु को-को चुनिए ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा रामजी सापकोटा चयन भएका छन् । बिहीबार भएको चौथो अधिवेशनले युवा संघका पूर्व उपमहासचिव सापकोटालाई अध्यक्ष र अनेरास्ववियुका पूर्व उपमहासचिव सुदर्शन शिवाकोटीलाई उपाध्यक्ष चयन गरेको हो ।

त्यस्तै कमिटीको सचिवमा प्रकाश भुजेल,सहसचिव श्यामकाजी खत्री र विमला धमला चयन भएका छन् । यसअघि युवा विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्ष सुनिता बराल थिइन् ।

एमाले पोलिटव्युरो सदस्य सुजिता शाक्यको प्रमुख आतिथ्यमा भएको अधिवेशनबाट २३ सदस्यी जिल्ला कमिटी गठन भएको सापकोटाले बताए ।

यस्तो बन्यो जिल्ला कमिटी

अध्यक्षः रामजी सापकोटा

उपाध्यक्षः सुदर्शन शिवाकोटी

सचिवः प्रकाश भुजेल

उपसचिवः श्यामकाजी खत्री

उपसचिवः विमला धमला

सदस्यहरु

किरण देउजा

रमेश भटटराई

विष्णहरी त्रिपाठी

ऋीष गौतम

विजय घिमिरे

पवित्रा ढकाल

सुनिल तिवारी

कैलाश तामाङ

मुना तिवारी

स्वीकृति सुवेदी

मौसम स्याङ्बो

कुशल खतिवडा

धर्मराज तिमल्सिना

सपना सापकोटा

जगत लामा

कल्पना डुम्रे

सन्तोष सिलवाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर