घुस रकमसहित गाउँपालिकाका प्रमुख, वडाध्यक्ष र बिचौलिया अख्तियारको फन्दामा – Nepal Press

घुस रकमसहित गाउँपालिकाका प्रमुख, वडाध्यक्ष र बिचौलिया अख्तियारको फन्दामा

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरलाई ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको आयोग बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीले जानकारी दिए ।

नदीजन्य पदार्थ उत्खनन सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरूलाई गाउँपालिकाको चमेना गृहबाट घुस रकमसहित आज बिहान साढे ११ बजे उनीहरूलाई पक्राउ गरिएको हो ।

मरासिनीमाथि स्थानीयले विभिन्न ठेक्कापट्टामा रकम माग गरेको गुनासो गदै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर