दुर्गेशविरुद्ध उजुरी दिएका ‘ह्यान्सी ब्रो’ ले उल्टै माफी मागे, प्रहरीमा मिलापत्र – Nepal Press

दुर्गेशविरुद्ध उजुरी दिएका ‘ह्यान्सी ब्रो’ ले उल्टै माफी मागे, प्रहरीमा मिलापत्र

काठमाडौं । गायक दुर्गेश थापाले आफूलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी गरेका ह्यान्सी ब्रो उर्फ रिदम क्षेत्रीले आरोप फिर्ता लिएका छन् । उनले दुर्गेशसँग माफीसमेत मागे ।

टोखामा भएको म्युजिक भिडियो कलाकारहरूको पिकनिकका क्रममा आफूमाथि कुटपिट भएको भन्दै रिदमले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका थिए । त्यसमा उनले दुर्गेशसहित तीन जनालाई विपक्षी बनाएका थिए ।

प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । दुवैले अब एक–अर्का विरुद्ध नबोल्ने भनेर मिलापत्र गरेका छन् । प्रहरी स्रोतका अनुसार कुराकानीका दौरान आफूले अरूको उक्साहटमा दुर्गेशमाथि जथाभाबी बोलेको भन्दै माफी मागेका थिए ।

‘दाइ सरी, आइन्दा अरूको उक्साहटमा लागेर तपाईँको विषयमा म केही पनि बोल्ने छैन,’ रिदमको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले सुनायो ।

दुर्गेशले पनि अब आइन्दा यो विषयलाई इस्यू नबनाउने प्रतिबद्धता जनाएका छन् ।

पिकनिकमा भएको झडपका दौरान आफ्नो सिक्रीसमेत दुर्गेशले चुँडालेको रिदमले आरोप लगाएका थिए । त्यो सिक्री हराएको भन्दै उनले त्यसको पैसा दुर्गेशले तिर्नुपर्ने माग समेत गरेका थिए । हिजोको छलफलका दौरान सिक्रीको पनि कुरा रिदमले फिर्ता लिएका छन् । सिक्री हराएको भए तत्काल किन होहल्ला नगरेको ? किन तुरुन्तै प्रहरीमा उजुरी दिन नगएको ? भन्दै दुर्गेशले प्रतिवाद गरेपछि रिदम मौन बसेका थिए ।

दुवैबीच भएको लिखित मिलापत्रमा अब आइन्दा एक–अर्का विरुद्ध कुनै टीकाटिप्पणी नगर्ने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *