खप्तड गोल्डकपः नेपाल पुलिसलाई हराउँदै सुदूरपश्चिम ११ सेमिफाइनलमा – Nepal Press

खप्तड गोल्डकपः नेपाल पुलिसलाई हराउँदै सुदूरपश्चिम ११ सेमिफाइनलमा

कैलाली । आयोजक सुदूरपश्चिम ११ छैटौ‌ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढी रङ्गशालामा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ४-० गोल अन्तरले हराउँदै सुदूरपश्चिम ११ ले अन्तिम चारमा स्थान बनाएको हो ।

सुदूरपश्चिम ११ लाई जीत दिलाउन आयुष श्रेष्ठले ह्याट्रिक गरे । सुदूरपश्चिम ११ का लागि सुरुवाती पाँचौं मिनेटमै स्वामी हार्दिकले पहिलो गोल गरेका थिए ।

खेलको ३०औं मिनेटमा आयुषले आफ्नो व्यक्तिगत पहिलो र टीमका लागि दोस्रो गोल गरे । उनले दोस्रो हाफमा ५१औं र ६३औं मिनेटमा गोल गर्दै यो संस्करणकै पहिलो ह्याट्रिक गरे ।

उनले खेलकै ‘एसपीए म्यान अफ दि म्याच’ भएर नगद दश हजारसमेत जिते ।

नेपाल पुलिसका खेलाडीहरुले आजको खेलमा थुप्रै अवसर पाए पनि गोल गर्न सकेनन् ।

जीतसँगै सुदूरपश्चिम ११ ले थ्रीस्टार क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल चैत १६ गते हुनेछ ।

प्रतियोगिताअन्तर्गत बुधबार मनाङ मर्स्याङ्दी र क्यामरुनको एभिनर फुटबल क्लवले पहिलो सेमिफाइनल प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।

मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगिता सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *