सनराइज बैंकले वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ‘ग्लोबल मनी वीक’


काठमाडौं । सनरााइज बैंकले पूर्वको तेह्रथुम देखि पश्चिमको दार्चुलासम्म एक सय वटा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनि विक मनाएको छ ।
बैंकले देशभरिका शाखा र सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताको साथ कार्यक्रम गरेको बैंकले जनाएको छ ।
बैंकले बैंकिङ्ग सेवा, बचत, ऋण, विद्युतिय बैंकिङ्ग सेवा र यसमा अपनाउनु पर्ने सावधानी लगायतका विषयलाई समावेश गरी देशभरीका विभिन्न १०० स्थानका युवालाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको जनाइएको छ ।
कार्यक्रमले युवाहरुमा वित्तीय साक्षरताको अभिवृद्घि, वित्तिय निर्णय गर्ने क्षमताको विकास, सानै देखि बचत गर्ने बानी, बैंकिङ्ग सेवा सुविधाको सही उपयोगिता, बैंकिङ्ग विवरण अरुलाई दिदाँँ हुन सक्ने झमेला र ठगी लगायतका विषयको संचेतनाले उनीहरु र उनीहरुसँग जोडिएका परिवारको आर्थिक समृद्घिमा योगदान पुर्याउने बैंकको भनाइ छ ।