प्रधानमन्त्रीलाई विश्वप्रकाशले भने- आफूविरुद्ध नाराबाजी गर्नेको मुख थुनेर थुनामा राख्न मिल्दैन – Nepal Press

प्रधानमन्त्रीलाई विश्वप्रकाशले भने- आफूविरुद्ध नाराबाजी गर्नेको मुख थुनेर थुनामा राख्न मिल्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने तर्क गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवा जेल चलान भएपछि तत्काल रिहा गर्न माग गरेका हुन्।

उनले ट्विटरमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो । आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनै जनासँग अभद्र व्यवहार मुद्दामा जनही पाँच हजार रुपैयाँ धरौटी मागेको थियो। तर, उनीहरूले धरौटी तिर्न अस्वीकार गरेपछि सोमबार जेल चलान गरिएको थियो।

उनीहरूले चैत ७ गते काठमाडौंको नयाँ बानेश्वरमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस सम्बन्धी कार्यक्रममा पुग्ने बित्तिकै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए। त्यही प्रहरीले नियन्त्रणमा लिएर मुख थुनेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर