खुलामञ्च छिर्न खोजेका मिटरब्याज पीडित र महानगर प्रहरीबीच ठेलमठेल (तस्बिरहरू) – Nepal Press

खुलामञ्च छिर्न खोजेका मिटरब्याज पीडित र महानगर प्रहरीबीच ठेलमठेल (तस्बिरहरू)

काठमाडौं । महोत्तरीको बर्दिबासबाट काठमाडौं हिँडेर आएका मिटरब्याजी पीडितहरु र काठमाडौं महानगरपालिका नगरप्रहरीबीच धकेला धकेल भएको छ ।

मिटरव्याजी पीडितहरु खुलामञ्च प्रवेश गर्न खोज्दा महानगरले अवरोध गरेपछि दुईपक्ष बीच धकेलाधकेल भएको हो । यसअघि नै पीडितहरुलाई खुल्लामञ्च छिर्न नदिन महानगरले खुलामञ्चमा ताला लगाएको थियो ।

जबरजस्ती खुलामञ्च र्छिन खोजेपछि महानगरका नगरप्रहरीले रोक्न खोजेको थियो । तर ठूलो संख्यामा आएको मिटरव्याजी पीडितहरुले महानगरविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले खुलामञ्चको गेटमा महानगरले प्रदर्शन गरिरहेका छन् ।

झडप हुन खोजेपछि ठूलो मात्रमा नगरप्रहरी र  नेपाल प्रहरी तैनाथ गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर