भागबन्डा टुंग्याउन बालुवाटारमा प्रचण्ड र देउवाबीच वान टु वान भेट – Nepal Press

भागबन्डा टुंग्याउन बालुवाटारमा प्रचण्ड र देउवाबीच वान टु वान भेट

काठमाडौं । मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल सुरू भएको छ । प्रधानमन्त्रीसँग भेट्न कांग्रेस सभापति देउवा आधा घण्टाअघि बालुवाटार गएका हुन् ।

अहिले दुवै नेताबीच वान टु वान छलफल चलिरहेको स्रोतले बतायो । आजै मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाएर भोलि शपथ ग्रहण हुनसक्ने स्रोतको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर