स्मार्ट प्यारेन्टिङको ‘कसरी उत्कृष्ट अभिभावक बन्ने ?’ कार्यक्रम सम्पन्न – Nepal Press

स्मार्ट प्यारेन्टिङको ‘कसरी उत्कृष्ट अभिभावक बन्ने ?’ कार्यक्रम सम्पन्न

काठमाडौं । स्मार्ट प्यारेन्टिङ्ग नेपालले ‘कसरी उत्कृष्ट अभिभावक बन्ने’ विषयक भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भएको उक्त कार्यक्रममा कान्ति बाल अस्पतालका क्लिनिकल साइकोलोजिस्ट राम पुकार शाहले सहजीकरण गरेका थिए ।

क्लिनिकल साइकोलोजिस्ट शाहले अभिभावकहरुले भौतिक सुरक्षा र विकास मात्र नभइ बालबालिकाहरुको मानसिक, भावनात्मक, बौद्धिक सुरक्षा र विकासका क्षेत्रहरुमा पनि ध्यान दिनु पर्ने बताए । कार्यक्रममा बालबालिकाहरुको असल चरित्र निर्माण तथा सक्षमताको बारे चर्चा गर्नुका साथै अभिभावक शैली र प्यारेन्टिङ्ग अटैचमेन्टको किसिमहरु उल्लेख गरिएको थियो ।

शाहले सहभागी अभिभावकहरुको समस्याहरु र जिज्ञासाहरुलाई पनि सम्बोधन गरेका थिए ।

बालबालिकाहरुको समष्टिगत विकासको निम्ति अभिभावकहरुमा अभिभावकीय सीप अनि कलाको विकास गरेर यसको महत्वलाई प्रवर्द्धन गर्ने हेतुले स्मार्ट प्यारेन्टिङ्ग नेपालले हरेक महिनाको दोस्रो शनिबार साँझ ६ः४५ बजे अभिभावक अभिमुखिकरण कार्यक्रम निःशुलक आयोजना गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर