साताकाे पहिलाे दिन २६ अंकले घट्याे नेप्से – Nepal Press

साताकाे पहिलाे दिन २६ अंकले घट्याे नेप्से

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २६ अंकले घटेको छ । शेयर बजारमा आज २६.८७ अंकले घट्दै १८८८.२७ बिन्दुमा कायम भएको छ ।

अघिल्लो साताको अन्तिम कारोबारका दिन बिहीबार मात्रै १८.१५ अंकले घटेको बजारमा आज ३७ लाख ५४ हजार ३३४ कित्ता शेयरको खरिदबिक्री हुदा बजारमा १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५ सय ३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा जिवन विकास लघुवित्त वित्तीय संस्था, जल्पा समुदायीक लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा नकारात्मक सकिर्ट लागेको छ ।

त्यसैगरी, उपसमूहतर्फका १३ वटै समूहको सेयरमुल्य घटेकको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *