राजनीतिक द्वन्द्व र कम्पनहरुको अनेकौं रंग देखिँदैछन् : शेखर कोइराला (भिडिओ) – Nepal Press

राजनीतिक द्वन्द्व र कम्पनहरुको अनेकौं रंग देखिँदैछन् : शेखर कोइराला (भिडिओ)

‘संसद गणितको खेलमात्रै होइन, नागरिकको समस्या समाधान गर्न एकजुट हौं’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती भएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभामा बोल्दै उनले मुलुकमा अकल्पनीय राजनीतिक द्वन्द्व र कम्पनहरु अनेकौं रंग रुपमा देखिन बाँकी रहेको बताए ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती छ। अर्थतन्त्रको निराशाजनक बहस पनि सुरु भइसकेको छ । देशको यस्तो संकट आउँदा बाह्य कारण खोजेर मात्रै नभएर समग्र संकटको कारक हामी स्वयम् नै भएको र समाधान गर्नुपर्ने जिम्मेवारी पनि आफै भएको नैतिक आत्मबोध गर्नुपर्छ ।’

संसद गणितको खेलमात्रै नभएकाले आफ्नो व्यवहार नसुधारे अराजकता बढ्ने बताए ।

उनले भने, ‘संसद, सरकार, प्रतिपक्ष सबै एकैठाउँमा उभिएर नागरिकको समस्या समाधान गर्न एकैठाउँमा उभिएर अगाडि बढ्नुको विकल्प छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर