आरजुलाई गोकुल बास्कोटाको जवाफ- लौन भाउजू ! उपचुनावमा बैसाखीबिना चार तारे उम्मेदवार उठाएर देखाउनुस् – Nepal Press

आरजुलाई गोकुल बास्कोटाको जवाफ- लौन भाउजू ! उपचुनावमा बैसाखीबिना चार तारे उम्मेदवार उठाएर देखाउनुस्

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले उपचुनावमा बैशाखीबिनाको कांग्रेस उम्मेदवार उठाएर देखाउन कांग्रेस नेतृ डा. आरजु राणा देउवालाई चुनौती दिएका छन् ।

बास्कोटाको गृह जिल्ला काभ्रे पुगेर आरजुले गोकुल बास्कोटाको जितमा सूर्यमुखी कांग्रेसको हात रहेको टिप्पणी गरेपछि उनले साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेको जवाफ दिएका हुन् ।

मिसन ग्रासरुटको अभियानका क्रममा चितवन खटिएका बास्कोटाले आरजुलाई जवाफ दिँदै ट्विटमार्फत भनेका छन्– आरजु भाउजूले कांग्रेसलाई निक्कै बलियो ठानेको रहेछ र साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेछ।म भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु। लौन भाउजू ,तत्कालै हुन लागेको उपचुनावमा विना वैशाखी चार तारे उम्मेदवार उठाएर देखाउनुस् त !

शनिवार तरुण दलको कार्यक्रममा गोकुल बास्कोटासँग पराजित कांग्रेस नेता शिव हुमागाईँलगायतले कांग्रेसकै नेता कार्यकर्ताले सूर्यमा भोट हालेको आरोप लगाएपछि आरजुले घण्टी कांग्रेसजस्तै सूर्यमुखी कांग्रेसले पार्टीका उम्मेदवार हराएको बताएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर