गोरखापत्रको फेसबुक पेज गायब – Nepal Press

गोरखापत्रको फेसबुक पेज गायब

काठमाडौं । सरकारी स्वामित्वमा रहेको गोरखापत्रको अधिकारिक फेसबुक पेज गायब भएको छ । साढे आठ लाखको हाराहारीमा लाइक रहेको ‘गोरखापत्र अनलाइन’ नामक उक्त फेसबुक पेज बुधबार रातिदेखि गायब भएको हो ।

केही महिना अगाडि पनि गोरखापत्रको फेसबुक पेज गायब भएको थियो । गोरखापत्रको फेसबुक पेज भेरिफाइड भने थिएन । एड्मिन एक्सेस भएका फेसबुक अकाउन्ट अथवा डिभाइस अनधिकृत व्यक्तिको पहुँचमा पुग्दा यस किसिमको घटना भएको हुनसक्ने प्रबल सम्भावना हुन्छ ।

गोरखापत्र अनलाइन प्रकाशनका सम्पादक नारदमुनि गौतमका अनुसार आन्तरिक समस्याका कारण फेसबुक पेज डाउन हुन गएको हो ।

‘आन्तरिक समस्याको कारण यसो हुन गएको हो । हामी पेज रिकभर गर्न प्रयासरत छौँ सम्भवत बेलुकासम्म पेज रिकभर हुन्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर