कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान थुनामा – Nepal Press

कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान थुनामा

पोखरा । स्याङजाको पुतलीबजारमा गत माघ २२ गते श्रीमानको कुटाईबाट गम्भीर घाइते भएकी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा निधन भएको छ । काठमाडौं नर्भिक अस्पतालमा उपचाररत कमलाको निधन भएको हो ।

माघ २२ गते श्रीमानले कुटपिट गरी बेहोस अवस्थामा घरमै छोडेका थिए । घटना भएको १५ घण्टापछि स्थानीयले थाहा पाएर अस्पताल पु¥याएका थिए । प्रहरीका अनुसार सुरुमा कमला लडेर घाइते भएको बताएका थिए । अनुसन्धान गर्दै जादाँ श्रीमानको कुटपिटबाट घाइते भएको खुलेको थियो ।

‘पहिले त लडेर घाइते भएको भएका थिए । तर, पछि बुझ्दै जादा श्रीमानले कुटपिट गरेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले भने ।

अनुसन्धानका क्रममा कमलाका श्रीमान लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेलाई माघ २४ गते पक्राउ गरिएको थियो । अनुुसन्धानपछि कमलाका श्रीमानलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जेठाजु केशवराजलाई जिल्ला अदालत स्याङ्जाले चैत ३ गते २ लाख धरौटीमा छोडेको थियो ।

‘पक्राउ परेका मध्ये मृतकका जेठाजुको कुटपिटमा संलग्नता देखिएन, केही अन्य गतिविधिमा संलग्नता रहेकाले धरौटीमा छोडिएको हो,’ प्रहरी निरीक्षक थापाले भने, ‘मृतकको श्रीमानलाई अदालतले कुटपिट गरेरै कमला मृत्यु भएको ठहर गर्दै श्रीमान लक्ष्मीप्रसादलाई पुर्पक्षकाका लागि जिल्ला कारागार पठाएको छ ।’ दुवैमाथि कर्तव्य ज्यान मुद्धा चलिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर